September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखले लाजियोको सामना गर्दैछ। बायर्नले दोस्रो लेगमा आज राति लाजियोको सामना गर्न लागेको हो।

खेल बायर्नको घरेलु मैदानमा हुनेछ। बायर्न आज कुनै पनि हालतमा जित्नै पर्ने दबाबमा हुनेछ। पहिलो लेगमा लाजियोसँग १-० को गोल अन्तरले पराजित भएका कारण बायर्न माथि दबाब थपिएको छ।

लाजियोको घरेलु मैदानमा भएको पहिलो लेगमा लाजियो विजयी भएको थियो। सो खेलमा सिरो इम्मोबिलेले निर्णायक गोल गरेका थिए भने बायर्नका डिफेन्डर डायोट उपामेकानोले रेड कार्ड बेहोरेका थिए।

जसकारण उनी आजको खेलमा हुने छैनन्। डायोट उपामेकानो नहुँदा त्यसले बायर्नलाई पक्कै असर गर्नेछ। आज राति हुने खेलमा बायर्नलाई बराबरी खेल्ने छुट हुने छैन।

हार र बराबरी दुवैले बायर्नलाई च्याम्पियन्स लिगबाट आउट गर्नेछ। च्याम्पियन्स लिगबाट बाहिरिएमा बायर्न यस सिजन उपाधि बिहिन हुने सम्भावना थप बलियो हुनेछ।

बायर्न र लाजियो बीचको खेल नेपाली समय अनुसार रातको १ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय टेलिभिजन च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *