September 20, 2024

एजेन्सी – एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा साउदी क्लब अल नासरले सोमबार राति यूएई क्लब अल आइन एफसीको सामना गर्यो।

यूएई क्लब अल आइन एफसी विरुद्धको खेल अल नासरका लागि सोचे जस्तो जान सकेन। बलमा राम्रो नियन्त्रण राखेपनि अल नासर १-० को गोल अन्तरले पराजित भयो।

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा अल नासरले बलमा कुल ५५ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभए अल नासरको तर्फबाट कुल १६ प्रहार भएका थिए। जसमध्ये ५ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा भए परिणत हुन सकेनन्।

अल आइन एफसीका लागि सुफियान रहिमीले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए। उनले गरेको सो गोल नै खेलमा निर्णायक बन्यो। इन्ज्युरी समयको चौंथो मिनेटमा अल नासर १० खेलाडीमा समेटिन पुगेको थियो।

पहिलो लेगमा पराजित हुँदा रोनाल्डोलाई खासै असर भने प्रभाव परेन। हारका बाबजुत रोनाल्डो ‘रिल्याक्स’ देखिएका थिए। खेलपछि रोनाल्डोले अल आइन एफसीका समर्थकलाई रियादमा भेटौंला भन्ने संकेत गरे।

खेलपछि अल आइन एफसी समर्थकले मेस्सी-मेस्सीको नारा लगाएका थिए। तर ती नारा सुन्दा यस पटक रोनाल्डोले खासै चासो देखाएनन्। रोनाल्डोले हाँस्दै रियादमा भेटौंला प्रतित हुने संकेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *