September 20, 2024

एजेसी – च्याम्पियन्स लिगको दोस्रो लेगका लागि आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) स्पेनमा एक्सनमा उत्रँदैछ। च्याम्पियन्स लिगको दोस्रो लेगमा पिएसजीले रियल सोसिडाडको सामना गर्न लागेको हो।

खेल नेपाली समय अनुसार रातको १ बजेर ४५ मिनेटमा रियल सोसिडाडको घरेलु मैदानमा सुरु हुनेछ। खेल भारतीय टेलिभिजन च्यानल सोनी टेन १ मा हेर्न सकिनेछ।

आज पिएसजी रियल सोसिडाड माथि सकेसम्म जित निकाल्ने नसके बराबरीमै रोक्ने दाउमा हुनेछ। पहिलो लेगमा २-० को जित निकालेका कारण पिएसजीलाई आज केहि सहज हुनेछ।

उता रियल सोसिडाड भने घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्ने योजनामा हुनेछ। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न रियल सोसिडाडले पिएसजीलाई २ गोल भन्दा बढीको अन्तरले पराजित गर्नुपर्नेछ।

आज जित निकाल्न सकेको खण्डमा पिएसजी दुई सिजन पश्चात च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्नेछ। सन् २०२०-२१ को सिजन पश्चात पिएसजीले क्वाटरफाइनलमा स्थान बनाउन सकेको छैन।

सन् २०२१-२२ को सिजनमा पिएसजी रियल म्याड्रिडसँग समग्रमा ३-२ को गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। त्यस्तै गत सिजन पिएसजी अन्तिम १६ मा बायर्न म्युनिखसँग ३-० को गोल अन्तरले पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *