September 20, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति च्याम्पियन्स लिगको दोस्रो खेलमा बराबरी खेलेपनि रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो।

घरेलु मैदानमा भएको खेलमा रियलले बुधबार राति जर्मन क्लब आरबी लाइप्जिगविरुद्ध १-१ को बराबरी खेल्यो। जर्मन क्लब आरबी लाइप्जिगविरुद्ध बराबरीको नतिजा निकाल्न रियलले धेरै संघर्ष गर्न परेको थियो।

खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेनन्। तर खेलको ६५ औं मिनेटमा रियलले अग्रता लिन सक्यो। जुड बेलिंघमको पासमा भिनीसियस जुनियरको सानदार गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

यधपी रियलको अग्रता लामो समय भने टिक्न सकेन। रियलले गोल गरेको तीन मिनेटमै पाहुना टोलीले बराबरी गोल फर्कायो। लाइप्जिगका लागि खेलको ६८ औं मिनेटमा कप्तान विलि ओर्बनले हेडरमार्फत गोल गरे।

बुधबार राति बराबरी खेलेपनि रियल समग्रमा २-१ को जित निकाल्दै रियल क्वाटरफाइनलमा प्रवेश गर्यो। पहिलो लेगमा रियल १-० को गोल अन्तरले विजयी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *