September 20, 2024

एजेन्सी – साउदी प्रो लिग क्लब अल नासर आज एक्सनमा उत्रँदैछ। गएको केहि समय देखि खासै राम्रो प्रदर्शन गर्न नसकिरहेको अल नासर शनिबार साउदी प्रो लिग अन्तर्गतको खेलका लागि आज राति एक्सनमा उत्रन लागेको हो।

शनिबार अल नासरले अल अहली साउदीको सामना गर्नेछ। किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुने खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

अल नासर अहिले साउदी लिगको दोस्रो स्थानमा छ। सिजनका २३ ख्नेल मध्ये १७ मा जित, ४ हार र २ बराबरी सहित उसले ५३ अंक बनाएको छ। अल नासर गएको केहि खेलमा राम्रो प्रदर्शन गर्न संघर्ष गरिरहेको छ।

एसियन च्याम्पियन्स लिगका दुई खेलमा हार बेहोर्दा अल नासरले साउदी लिगको पछिल्लो पछिल्लो खेलमा पराजय भोगेको थियो। त्यस्तै त्यस भन्दा अगाडीको लिग खेलमा अल नासर बराबरीमा रोकिएको थियो।

अल नासर पछिल्लो खराब लयलाई बिर्साउने प्रदर्शन गर्ने पक्षमा हुनेछ। शिर्ष स्थानको अल हिलालसँगको अंक दूरी १२ भैसकेको अवस्थामा अल नासर आज कुनै पनि हालतम जित्नै पर्ने दबाबमा हुनेछ।

त्यस्तै अल अहली भने लिगको तेस्रो स्थानमा छ। अल अहलीले सिजनका २३ खेल मध्ये १४ खेलमा जित निकाल्द ४ खेलमा हार बेहोरेको छ। अल अहली अल नासर भन्दा मात्र ६ अंकले पछि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *