September 20, 2024

एजेन्सी – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी ‘साम्बा’ आवद्ध क्लब एन अभान्ट ग्वेंगाम्प आज एक्सनमा उत्रँदैछ।

जारी सिजनको १७ औं खेलमा लागि एन अभान्ट ग्वेंगाम्प एक्सनमा उत्रन लागेको हो। एन अभान्ट ग्वेंगाम्पले आज साँझ पेरिस एफसीको सामना गर्नेछ।

खेल एन अभान्ट ग्वेंगाम्पको घरेलु मैदान स्टेड सेन्टर फर्मेसन इएजी वानमा हुनेछ। खेल नेपाली समय अनुसार आज साँझ ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

हालको अवस्थामा ग्वेंगाम्पको लिगको नवौं स्थानमा छ। ग्वेंगाम्पले सिजनका १६ खेल मध्ये ४ खेलमा जित निकाल्दा ९ खेलमा पराजय भोगेको छ। त्यस्तै ३ खेलमा ग्वेंगाम्पले बराबरी खेलेको छ। ग्वेंगाम्पको १५ अंक छ।

त्यस्तै पेरिस एफसी भने लिगको तेस्रो स्थानमा छ। सिजनका १५ खेल खेल्दा पेरिसले ११ खेलमा जित निकालेको छ भने ३ खेलमा पराजय भोगेको छ। एक बराबरी सहित पेरिसको ३४ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *