December 23, 2024

एजेन्सी – गत समर ट्रान्सफर विन्डो अगाडी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले जुड बेलिङ्घमसँग तीन घण्टा भन्दा बढी छलफल गरेको खुलासा भएको छ।

समर ट्रान्सफर भन्दा अगाडी सिटी प्रशिक्षकले बेलिङ्घमलाई फकाउन तीन घण्टा सम्म कुराकानी गरेको खुलासा युरोपबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले गरेका हुन्।

बोरुसिया डर्टमण्डबाट लस ब्लान्कोसमा सामेल हुनु अगाडी ग्वार्डिओलाले बेलिङ्घमलाई सिटीमा ल्याउन सक्दो प्रयास गरेको बताइएको छ। रिपोर्टहरुका अनुसार बेलिङ्घमलाई कुनै पनि हालतमा भित्र्याउने सिटीको योजना थियो।

सिटी त्यसबेला बेलिङ्घम उच्च पारिश्रमिक प्रस्ताव गर्न इच्छुक थियो। तर सिटीको आकर्षक पारिश्रमिकले बेलिङ्घमलाई आकर्षित गर्न सकेन। अन्त्यमा उनले स्पेनिस महारथी तियल म्याड्रिडसँग सम्झौता गरे।

रियलले बेलिङ्घमका लागि १ सय ३ मिलियन युरो खर्च गरेको थियो। बेलिङ्घम रियल आए देखि गज्जब लयमा छन्। उनले रियलका लागि पहिलो सिजनमै सबैलाई चकित पार्ने प्रदर्शन गरिरहेका छन्।

बेलिङ्घम आफ्नो पहिलो सिजनमै कयौं उपाधि जित्ने बाटोमा छन्। उनले रियल म्याड्रिडसँग सुपरकोपा डे स्पाना जितिसकेका छन्। रियल अहिले लालिगाको शिर्ष स्थानमा छ।

त्यस्तै रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पनि प्रवेश गरिसकेको छ। क्वाटरफाइनलमा रियलको सामना सिटीसँग हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *