September 20, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस लालिगाको उपाधि नजिक पुगेको छ। निरन्तर जित निकालेसंगै रियल लालिगाको जारी सिजनको उपाधि नजिक पुगेको हो।

शनिबार राति रियलले ओसासुनालाई पराजित गर्यो। ओसासुनाको घरेलु मैदानमा भएको खेलमा उच्च प्रदर्शन गर्दै रियलले ४-२ को गोल अन्तरको सानदार जित निकालेको हो।

खेलको चौथो मिनेटमा नै रियलले भिनीसियस जूनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। खेलको सातौं मिनेटमै घरेलु टोलीले बराबरी गोल फर्कायो। सो गोल आन्टे बुडीमिरले गरेका थिए।

१८औं मिनेटमा रियलले खेलमा पुनः आग्रह लियो। सो गोल फेडेरिको भाल्भर्डेको पासमा ड्यानी कार्भाजालले गरेका थिए। ६१औं मिनेटमा भाल्भर्डेकै पासमा गोल गर्दै ब्राहिम डीयाजले गोल गर्दा खेल ३-१ को अवस्थामा पुग्यो।

त्यसको केहि मिनेट मै भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरे। ६४औं मिनेटमा भिनीसियसले टोलीका लागि चौथो गोल गरेक थिए। इन्ज्युरी समयमा ओसासुनाका इकर मुनोजले एक गोल फर्काए।

यस जितसंगै रियलको २९ खेलबाट ७२ अंक भएको छ। जिरोनाको ६२ अंक छ भने बार्सिलोनाको ६१ अंक छ। अब रियलले लालिगामा मात्र ९ खेल खेल्न बाँकी छ। यस अर्थ अब रियल लालिगा उपाधिबाट केहि जित मात्र टाढा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *