September 20, 2024

एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामी र अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले यसै महिनाका लागि तय भएका अर्जेन्टिनाका दुई खेल गुमाउने भएका छन्।

मेस्सी कोनकाकाफ च्याम्पियन्स कप अन्तर्गत न्यासभिल विरुद्धको खेलका क्रममा घाइते भएका थिए। सो खेलमा लागेको चोटका कारण मेस्सीले डिसी युनाइटेड विरुद्धको खेल गुमाएका थिए।

फरवार्डलाई मार्च २२ र २६ मा एल साल्भाडोर र कोस्टारिकाविरुद्धको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा आमन्त्रित गरिएको थियो। तर चोटका कारण मेस्सीले दुवै खेल गुमाउनेछन्।

मेस्सीको अवस्था बारे कुनै आधिकारी जानकारी बाहिर नआएपनि विभिन्न खेल मिडियाहरुले मेस्सी अर्जेन्टिनाका आगामी खेलहरुमा सहभागी हुने सम्भावना न्यून रहेको दावी गरिरहेका छन्।

मियामीमा आवद्ध भएदेखि नै मेस्सीलाई शरीरले साथ दिरहेको छैन। मेस्सी मियामी आवद्ध भएपछि कयौं पटक घाइते भैसकेका छन्। मेस्सी प्रिसिजन टूरका क्रममा पनि घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *