September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लालिगामा सानदार जित दर्ता गरेको छ। सिजनको २९ औं खेलमा बार्सिलोनाले आइतबार राति सानदार जित दर्ता गरेको हो।

आइतबार राति बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई ३-० को गोल अन्तरले पराजित गर्यो। बार्सिलोनाको जितमा जोआओ फेलिक्सले, रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले एक–एक गोल गरे।

खेलमा भएका तीन मध्ये एक गोल पहिलो हाफ र दुई गोल दोस्रो हाफमा भएका थिए। खेलको ३८ औं मिनेटमा फेलिक्सको गोलबाट बार्सिलोनाले अग्रता पाएको थियो।

खेलको ४७ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले पाहुना टोलीको अग्रता दोब्बर पारे। बार्सिलोनाको अग्रता तेब्बर त्यति बेला भयो जब लोपेजले गोल गरे। लोपेजले खेलको ६५ औं मिनेटमा गोल गरेका थिए।

एट्लेटिको म्याड्रिड खेलको इन्ज्युरी समयमा १० खेलाडीमा समेटिन पुगेको थियो। एट्लेटिकोका नहुएल मोलिना इन्ज्युरी समयको दोस्रो मिनेटमा रेड कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए।

यस जितसंगै बार्सिलोना लालिगाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले सिजनका २९ मध्ये १९ खेलमा जित र ३ खेलमा हार सहित ६४ अंक बनाएको छ।

बार्सिलोना शिर्ष स्थानको रियल म्याड्रिड भन्दा ८ अंकले पछाडी छ। दुवै टोलीले लालिगामा ९-९ खेल बाँकी छ। त्यस्तै एट्लेटिकोले भने यस हारपश्चात चौंथो स्थानमा उक्लिने अवसर गुमाएको छ। एट्लेटिकोको ५५ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *