September 20, 2024

एजेन्सी – लालिगामा महत्वपूर्ण जित निकालेसंगै क्याटलान क्लब बार्सिलोना लालिगाको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई पराजित गर्यो।

एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले राम्रो नियन्त्रण राख्दै ३-० को जित निकाल्यो। बार्सिलोनाको जितमा जोआओ फेलिक्सले, रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले एक–एक गोल गरे।

यस जितसंगै बार्सिलोना लालिगाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले सिजनका २९ मध्ये १९ खेलमा जित र ३ खेलमा हार सहित ६४ अंक बनाएको छ।

बार्सिलोना शिर्ष स्थानको रियल म्याड्रिड भन्दा ८ अंकले पछाडी छ। रियल र बार्सिलोना दुवैले लालिगामा अब ९-९ खेल बाँकि छ। तर बार्सिलोना लयमा फर्किएपछि रियललाई केहि कठिन हुने देखिएको छ।

रियल केहि खेलमा बराबरीमा रोकिने र केहि खेलमा पराजित हुने हो भने त्यसको फाइदा बार्सिलोनाले उठाउन सक्छ। रियलले तीन खेल हारेको र बार्सिलोनाले कुनै खेल नहारेको खण्डमा मात्रै बार्सिलोनाले रियललाई उछिन्न सक्नेछ।

तर बार्सिलोना उपाधि होडमा रहिरहने हो भने उसँग अब कुनै पनि खेल हार्ने छुट हुने छैन। त्यस्तै बराबरी खेल्दा पनि बार्सिलोना उपाधि होडबाट बाहिरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *