September 20, 2024

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले मार्चमा हुने अन्तर्राष्ट्रिय बिदामा आफ्नो टोलीको आगामी मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। घाइते भएका कारण मेस्सीले अर्जेन्टिनाका आगामी खेलहरु गुमाउने भएका हुन्।

फिफा विश्वकप च्याम्पियनहरूले मार्च २२ मा फिलाडेल्फियामा एल साल्भाडोर र चार दिन पछि लस एन्जलसमा कोस्टा रिकासँग प्रतिस्पर्धा गर्ने छन्। तर दुवै खेलमा मेस्सी भने खेल्ने छैनन्।

कन्काकफ च्याम्पियन्स कप राउन्ड अफ १६ को दोस्रो लेग खेलका क्रममा मेस्सी घाइते भएका थिए। मियामीले जित निकालेको सो खेलमा मेस्सीलाई खेलको बीचमै मैदानबाट फिर्ता बोलाइएको थियो।

“मेस्सीको चोट बारे हप्ता हप्तामा जाँच गरिनेछ। हामी यसको मूल्याङ्कन गर्नेछौं। के स्पष्ट छ कि उनीसँग एक गोल छ, जो कोन्काकाफ क्वार्टरफाइनल खेल्ने हो। उनको मांसपेशीमा चोट छ।”,मियामीका प्रशिक्षक टाटा मार्टिनोले केहि समय अगाडी मेस्सीको चोट बारे भनेका थिए।

भर्खरै इएसपिएनले मेस्सी अर्जेन्टिनाका मैत्रीपूर्ण खेलका लागि उपलब्ध नहुने रिपोर्ट गरेको छ। अर्जेन्टिनाले खेल्ने दुवै मैत्रीपूर्ण खेलका लागि मेस्सी उपलब्ध नहुने इएसपिएनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *