September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी खेलेको हेर्न महँगो टिकेट किनेका हङकङका फुटबल प्रेमीहरुले रिफण्ड पाउने भएका छन्। मेस्सी खेलेको हेर्न भनेर महँगो मूल्यमा टिकेट किनेर पनि मेस्सी खेलेको हेर्न नपाएपछि हङकङका फुटबल प्रेमीहरुले रिफण्ड पाउने भएका हुन्।

खेलको आयोजक ट्याटलर एसियाले ५० प्रतिशत टिकेट रकम फिर्ता गर्ने घोषणा गरेको छ। खेलको आयोजक ट्याटलर एसियाले सोमबार टिकेटको ५० प्रतिशत रकम फिर्ता गर्ने घोषणा गरेको हो।

आयोजन संस्थाले टिकेटको ५० प्रतिशत रकम फिर्ता गर्नको लागि केहि शर्त पनि राखेको छ। शर्तका अनुसार टिकेट खरिदकर्ताले भविष्यमा यस सम्बन्धमा अन्य कुनै कानुनी उजुरी गर्न पाउने छैनन्।

आयोजक ट्याटलरले जानकारी गराएअनुसार आधिकारिक च्यानलमार्फत टिकट खरदि गर्नेहरुले मात्र कसरी फिर्ताको दाबी गर्ने भन्ने विवरण इमेलमा प्राप्त गर्नेछन्।

आधिकारिक प्लेटफर्म क्लोकमार्फत टिकेट खरिद गर्नेहरूलाई इमेलको जवाफ दिन र फिर्ताको लागि नियम र सर्तहरू स्वीकार गर्न अप्रिल १२ सम्मको समय दिइएको छ।

फेब्रुअरी ४ मा हङकङमा भएको खेल हेर्न मेस्सीका समर्थक मुख्यभूमि चीन, अस्ट्रेलिया लगायतका ठाउँबाट फुटबल प्रेमीहरु हङकङ पुगेका थिए। तर चोटका कारण मेस्सी सो खेल खेल्न सकेनन्।

मेस्सी खेलेको हेर्न नपाएपछि महँगो मूल्यमा टिकेट काटेकाहरु आक्रोशित भएका थिए। समर्थकहरुले त्यसबेला नाराबाजी समेत गरेका थिए भने सो प्रकरणले मिडियाहरुमा पनि राम्रो स्थान पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *