September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्स्कजायरले युनाइटेडका मार्कस रासफोर्डलाई लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेका छन्।

पेरिस सेन्ट-जर्मेन विरुद्ध म्यानचेस्टर युनाइटेडको सन् २०२० को पुनरागमन जित बारे चर्चा गर्नेक्रममा सोल्स्कजायरले रासफोर्डलाई लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेका हुन्।

सन् २०२० मा युनाइटेड र पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा आमने सामे भएका थिए। ओल्ड ट्राफोर्डमा भएको पहिलो खेलमा युनाइटेड २-० को गोल अन्तरले पराजित भएको थियो।

तर दोस्रो लेगमा युनाइटेडले पिएसजी माथि ३-१ को गोल अन्तरको जित निकाल्न सफल भएको थियो। पिएसजीको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले इन्ज्युरी समयमा पेनाल्टीको अवसर पाएको थियो।

पेनाल्टी प्रहार गर्ने जिम्मेवारीलाई रासफोर्ड राम्रोसँग पूरा गरेका थिए। उनले पेनाल्टीमा गोल गरेपछि युनाइटेड अवे गोलको आधारमा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको थियो।

सो खेलको विषयमा चर्चा गर्दै तत्कालिन प्रशिक्षक सोल्स्कजायरले क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सीले दबाबमा पनि जसरी प्रदर्शन गर्छन्,रासफोर्डले पनि त्यसरी नै पेनाल्टीलाई गोलमा परिणत गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *