एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी)मा आफ्नो अन्तिम सिजन बिताइरहेका छन्। पिएसजी छाड्ने ढोकाको नजिक हुँदा पनि उनी निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्।
एम्बाप्पे यस सिजन पनि फ्रेन्च लिग वानको गोल्डेन बुट जित्ने दौडमा छन्। लिग वानको शिर्ष गोलकर्ताको सूचीमा एम्बाप्पे पहिलो स्थानमा छन्। उनी दोस्रो स्थानका खेलाडी भन्दा धेरै अगाडी छन्।
एम्बाप्पेले पिएसजीका लागि यस सिजन लिग वानमा कुल २४ गोल गरिसकेका छन्। एम्बाप्पेले २४ खेलमा २४ गोल गरेका हुन् भने उनले अहिले सम्म ५ असिस्ट पनि दिएका छन्।
एम्बाप्पे दोस्रो स्थानका जोनाथन डेभिड भन्दा ९ गोलले अगाडी छन्। लिलका जोनाथन डेभिडले अहिले सम्म १५ गोल गरेका छन्। त्यस्तै लियोनका अलेक्जेन्ड्रे लाकाजेटे १३ गोल सहित तेस्रो स्थानमा छन्।
यस सूचीको चौंथो स्थानमा मोनाकोका विसाम बेन येडर चौथो स्थानमा छन्। उनले यस सिजन फ्रेन्च लिग वानमा ११ गोल गरेका छन्। यस्तो अवस्थामा एम्बाप्पेलाई कसैले पनि भेट्टाउन सक्ने अवस्था देखिँदैन।
पिएसजीले लिग वानको जारी सिजनमा अझै १२ खेल खेल्न बाँकी छ। आगामी खेलहरुमा पनि एम्बाप्पेले थप गोल गर्ने पक्का छ। यस्तोमा एम्बाप्पेले फ्रेच लिग वानको गोल्डेन बुट जित्ने उच्च सम्भावना छ।
एम्बाप्पेले यस अगाडी कयौं पटक लिगको गोल्डेन बुट जितिसकेका छन्। यस पटक पनि गोल्डेन बुट जित्ने हो भने एम्बाप्पेसँग ६ फ्रेन्च लिग वान गोल्डेन बुट हुनेछ।