September 20, 2024

एजेन्सी – रियल म्याड्रिडका गोलकिपरले थिबाउट कर्टुवाले सन् २०२३-२४ को पूरा सिजन गुमाउने भएका छन्। पछिल्लो चोटबाट ठीक भएर मैदान फर्किने तयारीमा रहेका बेला पुनः चोट लागेपछि थिबाउट कर्टुवा यस सिजन गुमाउने भएका हुन्।

चोटका कारण यस सिजन मैदानमा फर्किन नसकिरहेका थिबाउट कर्टुवा रियल म्याड्रिडसँगको प्रशिक्षणका क्रममा पुनः घाइते भएको स्पेनिस पत्रिका मार्काले रिपोर्ट गरेको छ।

मार्काका अनुसार कर्टुवा रियलको पछिल्लो प्रशिक्षण सेसनका क्रममा घाइते भएका थिए। घाइते भएपछि उनी रुँदै प्रशिक्षणबाट बाहिरिएको बताइएको छ। पछि चेकजाँच गर्दा दाहिने घुँडामा मेनिस्कस च्यातिएको पत्ता लागेको मार्काले जनाएको छ।

पछिल्लो पटक उनी गत अगस्टमा घाइते भएका थिए। उनको बायाँ घुँडाको एसिएल च्यातिएको थियो। जसकारण उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सोहि समस्या नदोहोरिए पनि मेनिस्कसमा क्षति पुगेको बताइएको छ।

फुटबलको सबैभन्दा खराब चोटबाट निको भएर पछिल्लो सात महिना बिताएपछि कर्टुवा खेलमा फर्कन केही हप्ता मात्र टाढा थिए। कार्लो एन्सेलोटीले मार्चको अन्तर्राष्ट्रिय विश्राम पछि कर्टुवा खेल मैदान फर्किने आशा गरिरहेका थिए।

पुनः घाइते भएसंगै अब कर्टुवाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेस्टर सिटी विरुद्धको खेल मात्र गुमाउने छैनन्, पूरा सिजन नै गुमाउनेछन्।

त्यस्तै उनले यसै वर्ष आयोजना हुन तय भएको युरो कप पनि गुमाउने उच्च सम्भावना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *