September 20, 2024

एजेन्सी – साउदी क्लब अल हिलालका ब्राजिलियन स्टार नेयमारले आफ्नो ड्रिम सेभेन ए साइड फुटबल टोली छानेका छन्। एक अन्तर्वार्ताका क्रममा नेयमारले आफ्नो ड्रिम सेभेन ए साइड फुटबल टोली छानेका हुन्।

नेयमारको ड्रिम सेभेन ए साइड फुटबल टोलीमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र फ्रेन्च स्टार किलियन एम्बाप्पे दुवै परेनन्। उनको सेभेन ए साइड फुटबल टोलीमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको नाम भने सम्भावेष छ।

ब्राजिलको राष्ट्रिय टोलीमा सँगै खेलेका कारण नेयमार गोलकिपरको रूपमा जुलियो सेजरलाई रोज्छन्। विङ्गरले पीएसजीका पूर्व सहकर्मी थियागो सिल्भा र बार्सिलोनाका पूर्व सहकर्मी जेरार्ड पिकेलाई आफ्नो ड्रिम सेभेन ए साइड फुटबल टोलीमा समावेश गरेका छन्।

नेयमारले ब्राजिलियन लिजेन्ड काका जस्ता आइकनहरूलाई नरोजी रोनाल्डिन्हो र एन्ड्रेस इनिएस्टालाई मिडफिल्डरको रूपमा रोजेका छन्। आक्रमणका लागि उनले आफ्नो टोलीमा लियोनल मेस्सी र रोनाल्डो नाजारियोलाई राख्ने बताए।

उल्लेखनीय रूपमा यस्तो देखिन्छ कि ब्राजिलियन विङ्गरले विगतमा खेलेका खेलाडीहरू छनौट गरेका छन्। क्रिस्टियानो रोनाल्डोसँग नखेलेका कारण उनले रोनाल्डोलाई नरोजेको बुझ्न सकिन्छ।

तर केहि वर्ष संगै खेलेका एम्बाप्पेलाई उनले आफ्नो टोलीमा समावेश गरेनन्। एम्बाप्पेसँग सुरुका केहि वर्ष राम्रो सम्बन्ध रहेपनि पिएसजी बसाईका अन्तिम समयमा दुई बीच राम्रो सम्बन्ध रहन सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *