September 20, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडलाई फ्रेन्च स्टार किलियन एम्बाप्पेको ट्रान्सफर प्रक्रियामा नयाँ ‘ब्रेकथ्रु’ मिलेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार एम्बाप्पेको ट्रान्सफर प्रक्रियामा रियललाई नयाँ सफलता मिलेको हो।

एम्बाप्पे र रियल म्याड्रिड पक्ष पारिश्रमिकलाई लिएर एक सहमतिमा पुगेको त्रिवेला इफेक्टले जनाएको छ। ट्रान्सफर बजारका राम्रा जानकार फाब्रिजियो रोमानोलाई उदृत गर्दा त्रिवेला इफेक्टले एम्बाप्पेको पारिश्रमिकलाई लिएर दुई पक्ष बीच एक प्रकारको सहमति बनेको दावी गरेको छ।

रियल म्याड्रिड र एमबाप्पे पक्ष पारिश्रमिक सर्तहरूमा सहमत भएको बताइएको छ। यस सहमति पछि ट्रान्सफरका अन्य विषयहरुमा दुई पक्ष बीचको छलफल केन्द्रित भएको त्रिवेला इफेक्टले आफ्नो समाचारमा उल्लेख गरेको छ।

खबरका अनुसार रियल म्याड्रिडमा सबैभन्दा धेरै कमाउने विङ्गर भिनिसियस जुनियर र मार्की मिडफिल्डर जुड बेलिङ्घमले पाउँदै आएको आसपासको पारिश्रमिक एम्बाप्पेले पाउनेछन्।

बेलिङ्घम र भिनिसियस दुबैले २० मिलियन युरो भन्दा बढी कमाउँछन्। एम्बाप्पेको पारिश्रमिक पनि २० देखि ३० मिलियन युरो आसपास हुने अनुमान गरिएको छ।

एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने निर्णय गरिसकेका छन्। पिएसजी र एम्बाप्पे बीचको सम्झौता सकिन केहि महिना मात्र बाँकी रहेको अवस्थामा रियलले एम्बाप्पेसँग सम्झौता गर्ने गृहकार्य तिब्र बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *