September 20, 2024

एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमै पोर्चुगलले सानदार जति निकालेको छ। बिहिबार राति मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्विडेनमाथि सानदार जित दर्ता गरेको हो।

पाँच भइन् खेलाडीले गोल गरेको खेलमा पोर्चुगल ५-२ को गोल अन्तरले विजयी भयो। पोर्चुगलका लागि राफेल लियो, माथेउस नुनेस, ब्रुनो फर्नानडेज, ब्रुमा र गोन्कालो रामोसले एक एक गोल गरेका थिए।

त्यस्तै पाहुना टोलीका लागि भने भिक्टर ग्योकेरेज र गुस्ताफ निल्सनले एक एक गोल गरेका थिए। खेलको २४ मिनेटमै लियोको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो।

त्यसको १० मिनेट नबित्दै खेलको ३३ औं मिनेटमा पोर्चुगलको अग्रता दोब्बर भयो। सो गोल नुनेसले गरेका थिए। ४५ औं मिनेटमा फर्नानडेजले गोल गर्दा पहिलो हाफमै पोर्चुगलले ३-० को अग्रता पायो।

खेलको ५७ औं मिनेटमा ब्रुमाले गोल गर्दा खेल ४-० को अवस्थामा पुग्यो। तर त्यसको एक मिनेटपछि स्विडेनले पहिलो गोल फर्कायो। सो गोल भिक्टर ग्योकेरेजले गरेका थिए।

खेलको ६१ औं मिनेटमा पोर्चुगलका लागि पाँचौ गोल रामोसबाट आयो। त्यसपछि खेलको ९० औं मिनेटअ स्विडेनले दोस्रो गोल गर्यो। सो गोल निल्सनले गरेका थिए।

स्विडेन विरुद्धको खेलमा पोर्चुगलको टोलिमा रोनाल्डो सहित अन्य मुख्य खेलाडीह्हरु थिएनन्। पोर्चुगलले अब अर्को खेल मार्च २७ मा स्लोभेनियासँग खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *