September 20, 2024

एजेन्सी – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी ‘साम्बा’ आवद्ध क्लब एन अभान्ट ग्वेंगाम्प शनिबार एक्सनमा उत्रँदैछ।

जारी सिजनको १८ औं खेलमा लागि एन अभान्ट ग्वेंगाम्प एक्सनमा उत्रन लागेको हो। एन अभान्ट ग्वेंगाम्पले शनिबार साँझ अवे खेलमा डिजोनको सामना गर्नेछ।

खेल डिजोनको घरेलु मैदान स्टेड गैस्टन-जेरार्डमा हुनेछ। खेल नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ। शनिबार ग्वेंगाम्प पक्कै पनि जित निकाल्ने योजनामा हुनेछ।

पछिल्लो खेलमा ग्वेंगाम्पले पेरिस एफसीसँग नराम्रो हार बेहोरेको थियो। सो खेलमा पेरिस ५-० को गोल अन्तरले विजयी भएको भएको थियो। शनिबार ग्वेंगाम्प पक्कै पनि सो हार भुलाउने प्रदर्शन गर्ने योजनामा हुनेछ।

ग्वेंगाम्प अहिले फ्रेन्च महिला लिगको १० औं स्थानमा रहेको छ। ग्वेंगाम्पले सिजनका १७ खेल खेल्दा ४ खेलमा जित निकालेको छ भने १० खेलमा पराजय भोगेको छ।

त्यस्तै ३ खेल बराबरी खेल्दै उसले १५ अंक बटुलेको छ। डिजोन भने लिगको नवौं स्थानमा छ। डिजोनले सिजनका १७ खेल खेल्दा ४ जित निलालेको छ भने ९ खेलमा हार बेहोरेको छ।

त्यस्तै ४ खेलमा बराबरी खेल्दा डिजोनको १६ अंक छ। शनिबार डिजोनलाई पराजित गर्न सकेको खण्डमा ग्वेंगाम्प नवौं वा त्यो भन्दा माथि उक्लिन सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *