September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको आगमनले रियल म्याड्रिडको ड्रेसिङ रुममा उथलपुथल हुन सक्ने बताएका छन्।

एक कुराकानीका क्रममा लापोर्टाले एम्बाप्पेको आगमनले रियल म्याड्रिडको ड्रेसिङ रुम बिगार्न सक्ने दावी गरेका हुन्। त्यसक्रममा रियलको नयाँ खेलाडीको रुपमा एम्बाप्पेको आगमन हुँदा आफूले कुनै ईर्ष्या नगर्ने बताउन छुटाएनन्।

लापोर्टाले भने,”म रियल म्याड्रिडको नयाँ हस्ताक्षरको रूपमा एमबाप्पेको आगमनका लागि ईर्ष्या गर्दिन … तर निश्चित रुपमा यसले रियलको ड्रेसिङ रुमको सन्तुलनलाई भने पक्कै बिगार्न सक्छ।”

लापोर्टाले सो कुराकानीका क्रममा एम्बाप्पेको आगमन पछि रियल म्याड्रिडले क्लबका केहि खेलाडी बिक्री गर्नु पर्ने बताए। धेरै खेलाडीहरु एकै पोजिसनमा खेल्ने नसक्ने हुँदा रियलले केहि खेलाडी बिक्री गर्नु पर्ने अवस्था आउन सक्ने लापोर्टाको भनाई छ।

“एकै पोजिसनमा धेरै खेलाडी खेलाउने कुरा त भएन। पक्कै पनि रियलले केहि खेलाडी बिक्री गर्नु पर्ने हुन सक्छ।”,लापोर्टाले भने। जोन लापोर्टा विश्वास गर्छन् कि रियल म्याड्रिडले एमबाप्पे जस्तै पोजिसनमा खेल्ने खेलाडीहरू मध्ये एकलाई बेच्नुपर्नेछ।

रियल म्याड्रिडसँग पहिले नै ब्राजिलियन विङ्गर भिनिसियस जुनियर र रोड्रिगो आफ्नो टोलीमा छन् र दुवै खेलाडीले एम्बाप्पे जस्तै लेफ्ट-विङबाट खेल्न रुचाउँछन्।

एम्बाप्पेलाई टोलीमा सेट गर्न कार्लो एन्सेलोटीले या त आफ्नो रणनीतिमा परिवर्तन गर्नु पर्नेछ , कि त कम्तीमा एक खेलाडीलाई बिक्री गर्नु पार्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *