September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई ठूलो राहत मिलेको छ। क्लबका महत्वपूर्ण खेलाडी चोटमुक्त भएर फर्किने भएसंगै बार्सिलोनालाई महत्वपूर्ण समयमा ठूलो राहत मिल्ने भएको हो।

बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डे जोङ पेरिस सेन्ट जर्मेन विरुद्धको क्लब युइएफए च्याम्पियन्स लिग भिडन्तको लागि समयमै चोटबाट फर्किने बताइएको छ।

बार्सिलोनाले अप्रिल १० मा आफ्नो क्वार्टरफाइनलको पहिलो लेगको लागि पार्क डे प्रिन्सेसको भ्रमण गर्नेछ। दोस्रो लेग अप्रिल १६ मा हुने तय भएको छ। केहि स्पेनिस मिडियाहरुका अनुसार फ्रेन्की डे जोङ च्याम्पियन्स लिगका लागि उपलब्ध हुन सक्छन्।

हाल खुट्टाको चोटका कारण आराम गरिरहेका उनी पेरिस सेन्ट जर्मेन(पिएसजी) विरुद्धको खेल सम्म फर्कने लगभग निश्चित भएको स्पेनिस पत्रिका स्पोर्टले जनाएको छ।

मार्च ३ मा ला लिगामा एथ्लेटिक क्लबसँगको बार्सिलोनाको खेलका क्रममा डच मिडफिल्डर घाइते भएका थिए। तर अब उनी छिट्टै मैदान फिर्ता हुनका लागि तयार रहेको बताइएको छ।

उनी सिजनको सुरुमा पनि खुट्टाको समस्याबाट ग्रस्त भएका थिए। उनले सेप्टेम्बर र नोभेम्बरको बीचमा लिग र च्याम्पियन्स लिगमा कुल १० खेल गुमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *