September 20, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक लुइस एनरिकले यस सिजन पनि प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्न सक्ने दावी गरेका छन्।

एक कुराकानीका क्रममा पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक लुइस एनरिकले आर्सनल र लिभरपुललाई पछि पार्दै सिटीले प्रिमियर लिगको उपाधि जित्न सक्ने दावी गरेका हुन्।

एक कुराकानीका क्रममा उनलाई यस सिजन प्रिमियर लिग कसले जित्ला भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले प्रिमियर लिग जितुन् भन्ने पक्षमा आफू रहेको बताए।

आर्टेटे नजिते पेप गार्डियोलाले जितुन् भन्ने उनको भनाई छ। तर जे जसो भएपनि प्रिमियर लिगको उपाधि यस सिजन म्यानचेस्टर सिटीले जित्न सक्ने उनले बताए।

“म यो मिकेल (अर्टेटा)ले जितुन् भन्ने चाहन्छु, नभए पेप गार्डियोला। अन्यथा, लिभरपुल वा उनाई एमरीको एस्टन भिल्ला। तर मलाई लाग्छ यो सिटीले जित्नेछ।”,एनरिकले भने।

अहिले प्रिमियर लिगको शिर्ष स्थानमा आर्सनल छ भने दोस्रो स्थानमा लिभरपुल छ। दुवैले अहिले सम्म ६४ अंक जोडेका छन्। तर गोल अन्तरको अधारमा आर्सनल शिर्ष स्थानमा छ।

त्यस्तै सिटी तेस्रो स्थानमा छ। सिजनका २८ खेल खेल्दा सिटी आर्सनल र लिभरपुल भन्दा एक अंकले पछि छ। सिटीको ६३ अंक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *