September 20, 2024

एजेन्सी – सन् २०१६ को युरो कप विजेता पोर्चुगल सन् २०२४ मा आयोजना हुने युरो कप अगाडी सानदार लयमा देखिएको छ। युरो कप अगाडी पोर्चुगल सानदार लयमा देखिएको हो।

पोर्चुगल जर्मनीमा जुनबाट सुरु हुने युरो कपको मुख्य दाबेदारको रुपमा देखा परेको छ। पोर्चुगलले युरो कप अगाडी कुनै पनि खेलमा पराजित भएको छैन।

पोर्चुगलको मुख्य प्रशिक्षकका रुपमा रोबर्टो मार्टिनेज आएदेखि पोर्चुगलले निरन्तर जित निकालिरहेको छ। कतारमा सम्पन्न विश्वकपको क्वाटरफाइनलमा मोरोक्कोसँग पराजित भएपछि मार्टिनेज पोर्चुगलको प्रशिक्षकको रुपमा नियुक्त भएका थिए।

उनको आगमन पछि पोर्चुगलले ११ खेल खेलेको छ। जसमध्ये एघारै खेलमा पोर्चुगल विजयी भएको छ। युरो छनोटमा पोर्चुगलले १० मध्ये १० खेल जितेको थियो भने बिहिबार राति पनि पोर्चुगलले जित निकालेको थियो।

मार्टिनेजको आगमन पश्चात पोर्चुगलले मात्र २ खेलमा गोल बेहोरेको छ। यस बीचमा पोर्चुगलले ४१ गोल गरिसकेको छ। पोर्चुगलले अहिले सम्म ११ मध्ये ९ खेलमा क्लिनसिट राखेको छ।

यस्तै पोर्चुगलको स्क्वाड डेफ्त पनि धेरै राम्रो देखिएको छ। युरो कपका लागि प्रशिक्षक मार्टिनेजसँग धेरै विकल्प हुने पक्का छ। पोर्चुगलको टोलीमा अनुभवी खेलाडीहरु मात्र छैनन्, पछिल्लो समय राम्रो लयमा रहेका युवा खेलाडीहरुको पनि जमात छ।

अनुभवी र युवा खेलाडीहरुको समिश्रणमा पोर्चुगलले युरोमा तहल्का मच्चाउन सक्छ र दोस्रो पटक युरो कप जित्न सक्छ। पोर्चुगलको समूहमा टर्की, चेक रिपब्लिक छन्। यस्तै एक टोलीको भने टुंगो लाग्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *