September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने स्पेनिस महारथी रियल म्याड्रिडले प्रिमियर लिग क्लब लिभरपुलका स्टार ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्डलाई नजिकबाट नियालिरहेको छ।

युरोपबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्ड माथि स्पेनिस क्लब रियल म्याड्रिडले नजर लगाइरहेको दावी गरेका हुन्।

लिभरपुलको एकेडेमीबाट माथि उठेर सिनियर टोलीको महत्वपूर्ण हिस्सा बनेका ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्ड र लिभरपुल बीचको सम्झौता सन् २०२५ सम्मका लागि छ।

तर लिभरपुल र खेलाडी पक्ष बीच अहिले सम्म सम्झौता थप गर्नका लागि अहिले सम्म कुराकानी सुरु भएको छैन। यो अवस्थालाई रियलले नजिकबाट नियालिरहेको बताइएको छ।

यसै बीच ट्रान्सफर बजारका राम्रा जानकार फाब्रिजियो रोमानोले पनि ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्डमा रियलको नजर रहेको पुष्टि गरेका छन्। यधपी रियलले खेलाडीलाई सम्पर्क भने गरिनसकेको रोमानोको भनाई छ।

क्लबका प्रशिक्षक योर्गेन क्लोपले सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय गरिसकेपछि क्लबका धेरै खेलाडीहरुको भविष्य अनिश्चित छ। यस्तोमा ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्डको सम्झौता थप हुने हो या नहुने हो भन्ने अझै स्पष्ट छैन।

यहि कारणले गर्दा रियलले ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्डको अवस्थालाई नजिकबाट नियालिरहेको छ। सही समयमा रियलले खलाडी पक्षलाई सम्पर्क गर्न सक्ने अनुमान सहजै लगाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *