November 10, 2024

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले सानदार जित निकालेको छ। पछिल्लो समय खासै राम्रो प्रदर्शन गर्न नसकिरहेको जर्मनीले शनिबार राति भने सानदार जति निकालेको हो।

शनिबार राति जर्मनीले फ्रान्सलाई २-० को गोल अन्तरले पराजित गर्यो। ग्रुपमा स्टेडियम फ्रान्समा भएको खेलमा जर्मनीले बलमा राम्रो नियन्त्रण राख्दै जित निकाल्न सफल भयो।

जर्मनीले बलमा कुल ५८ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर जर्मनीको तर्फबाट कुल १५ प्रहार भएका थिए। जसमध्ये ६ प्रहार टार्गेटमा थिए भने दुई प्रहार गोलमा परिणत भए।

त्यस्तै खेलभर फ्रान्सले कुल ११ प्रहार गरेको थियो। जसमध्ये २ प्रहार मात्र टार्गेटमा थिए भने कुनै पनि प्रहार गोलमा परिणत हुन भने सकेनन्। जर्मनीका लागि फ्लोरियन विर्त्ज र काइ हाभेर्टले एक एक गोल गरेका थिए।

खेलको पहिलो मिनेटमै जर्मनीले अग्रता लिएको थियो। खेलको पहिलो मिनेटमा टोनी क्रुसको पासमा फ्लोरियन विर्त्जले गोल गरेका थिए। त्यसपछि खेलको ४९ औं मिनेटमा जर्मनीले अग्रता दोब्बर पार्यो।

सो गोल जमाल मुसियालाको पासमा हाभेर्टले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *