September 20, 2024

एजेन्सी – पछिल्लो समय कम्जोर लयबाट गुज्रिरहेको ब्राजिलले हारको शृंखलालाई अन्त्य गरेको छ। पछिल्लो समय निरन्तर हार बेहोरिरहेको ब्राजिलले शनिबार राति इंग्ल्याण्डलाई पराजित गर्यो।

यस जितसँगै ब्राजिलको लगातार चार जितविहीन यात्रामा पूर्णविराम लागेको छ। विश्वकप छनोटमा पेरुमाथि १–० को जित निकालेयता ब्राजिजले पछिल्लो चार खेलमा जित निकाल्न सकेको थिएन।

ब्राजिलले भेनेजुएलासँग १–१ गोलको बराबरी खेल्दा ब्राजिल उरुग्वेसँग २–०, कोलम्वियासँग २–१ र अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो। ब्राजिलको १-० को जितमा युवा प्रतिभा एन्ड्रिक मुख्य नायक बने।

वेम्वली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका एन्ड्रिकले ब्राजिलका लागि खेलको ८० औं मिनेटमा गोल गरेका थिए। उनी ७१औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका थिए।

मैदान छिरेको नवौं मिनेटमा उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए। गोल गरेसंगै एन्ड्रिकले नयाँ रेकर्ड बनाएका छन्। एन्ड्रिक ब्राजिलबाट गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

पहिला यो रेकर्ड रोनाल्डोको नाममा थियो। रोनाल्डोले सन् १९९४ मा यो कीर्तिमान बनाएका थिए। तर १७ वर्ष २४६ दिनमा गोल गर्दै रोनाल्डोको सो रेकर्ड उनले तोडेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *