September 19, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई ठूलो झड्का लागेको छ। सन् २०२३-२४ को महत्वपूर्ण खेल अगाडी महत्वपूर्ण खेलाडी घाइते भएसंगै सिटीलाई झड्का लागेको हो।

शनिबार राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले ब्राजिलको सामना गर्यो। सिटीका डिफेन्डर काइल वाकर पनि इंग्ल्याण्डको टोलीमा थिए। तर खेलको सुरुवातमै उनलाई चोट लाग्यो।

चोट लागेका कारण उनले खेलको २० औं मिनेटमा मैदान छाड्न पर्यो। उनको स्थानमा एस्टन भिल्लाका खेलाडी एजरी कोन्सालाई मैदान पठाइयो। विभिन्न खेल मिडियाहरुका अनुसार वाकरको ह्यामस्ट्रिङमा चोट लागेको छ।

सिटीले आगामी आइतबार प्रिमियर लिग लिडर आर्सनलको सामना गर्दैछ। प्रिमियर लिग उपाधि होडमा रहेका दुवै टोली आमने-सामने हुँदा वाकरले भने खेल गुमाउन सक्नेछन्।

वाकर सिटीका महत्वपूर्ण खेलाडी रहेका छन्। आर्सनल विरुद्धको खेल गुमाउँदा पक्कै पनि त्यसले सिटीलाई ठूलो झड्का दिन सक्छ। ३३ वर्षीय डिफेन्डर सिटी स्क्वाडको महत्वपूर्ण सदस्य रहेका छन्।

उनी यस सिजनमा आफ्नो क्लबका लागि सबै प्रतियोगिताहरूका ३८ खेलहरूमा देखा परेका छन् र तीन असिस्ट प्रदान गरेका छन्। इङ्ल्यान्डका डिफेन्डरको अवस्था बारे चेक जाँच पछि थप जानकारी बाहिर आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *