September 20, 2024

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङ्घम बालोन डी’ओर दौडमा सबै भन्दा अगाडी देखिएका छन्। रियल म्याड्रिड आवद्ध भएपछि निरन्तर उच्च प्रदर्शन गर्दै आएका जुड बेलिङ्घम बालोन डी’ओर दौडमा सबै भन्दा अगाडी देखिएका छन्।

रियलसँग जुड बेलिङ्घमले स्पेनिस सुपर कप उपाधि जितिसकेका छन् भने उनी थप उपाधि जित्ने दौडमा पनि छन्। रियल अहिले लालिगाको शिर्ष स्थानमा छ भने रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको छ।

जुड बेलिङ्घमले रियलका लागि यस सिजन २१ गोल गरेका छन् भने १२ असिस्ट दिएका छन्। रियल लालिगाको शिर्ष स्थानमा रहनुमा बेलिङ्घमको महत्वपूर्ण भूमिका छ।

बेलिङ्घमलाई बालोन डी’ओर दौडमा पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च स्टार किलियन एम्बाप्पेले पछ्याइरहेका छन्। एम्बाप्पेले पिएसजीसँग फ्रेन्च सुपर कपको उपाधि जितिसकेका छन्। साथै पिएसजी फ्रेन्च लिग वानको उपाधि जित्ने दौडमा पनि छ।

एम्बाप्पेले यस सिजन कुल ४४ गोल गरेका छन् भने १४ असिस्ट प्रदान गरेका छन्। क्लब विश्वकप र यूईएफए सुपर कप उपाधि जितिसकेका म्यानचेस्टर सिटीका एर्लिङ हालाण्ड यस दौडको तेस्रो स्थानमा छन्।

हालाण्डले यस सिजन ३२ गोल गरेका छन्। हालाण्डको नाममा ६ असिस्ट छन्। म्यानचेस्टर सिटीकै फिल फोडेन यस दौडको चौंथो स्थानमा छन्। उनले यस सिजन १९ गोल गरेका छन् भने १० असिस्ट दिएका छन्।

७ गोल गर्दै ११ असिस्ट दिएका सिटीका अर्का खेलाडी रोड्रि बालोन डी’ओर दौडको पाँचौ स्थानमा छन्। बालोन डी’ओर दौडको छैठौं स्थानमा बायर्न म्युनिखका ह्यारी केन छन्। उनले यस सिजन ४१ गोल गरेका छन् भने १२ असिस्ट दिएका छन्।

२६ गोल गर्दै १६ असिस्ट दिएका लिभरपुलका मोहम्मद सलाह यस दौडको सातौं स्थानमा छन्। आठौं स्थानमा रियलका भिनिसियस जुनियर छन्। नवौं स्थानमा एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिजम्यान रहँदा आर्सनलका बुकायो साका १० औं स्थानमा छ।

गोलले सार्वजनिक गरेको बालोन डी’ओर पावर र्यान्किङमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी २० औं स्थानमा छन् भने पोर्चुगिज स्टार रोनाल्डो १९ औं स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *