September 20, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टोलीमा फिर्ता भएका छन्। अन्तर्राष्ट्रिय ब्रेक सुरु भएपछि छुट्टिमा निस्किएका रोनाल्डो राष्ट्रिय टोलीमा फिर्ता भएका हुन्।

आफ्नो परिवारसँग केहि दिन छुट्टै मनाएपछि रोनाल्डो पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्पमा फिर्ता भएका छन् र सो बारे सामाजिक संजाल मार्फत जानकारी दिएका छन्।

रोनाल्डोले सामाजिक संजालमा पोर्चुगलको राष्ट्रिय टोलीसँग प्रशिक्षणमा सहभागी भइरहेको तस्विर सार्वजनिक गरेका छन्। रोनाल्डो पोर्चुगलको पछिल्लो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्वीडेन विरुद्धको खेलमा सहभागी थिएनन्।

क्लबका प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोलाई केहि समय आराम दिने निर्णय गरेका थिए। जसकारण रोनाल्डो बिना नै पोर्चुगल स्वीडेन विरुद्ध उत्रिएको थियो।

रोनाल्डोले केहि दिनमा अर्को मैत्रीपूर्ण खेल खेल्दैछ। सो खेलमा पोर्चुगलले स्लोभेनियाको सामना गर्नेछ। रोनाल्डो स्लोभेनिया विरुद्धको खेलमा पक्कै खेल्नेछन्।

३९ वर्षीयाको अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय कीर्तिमान छ । रोनाल्डोले आफ्नो देशका लागि २०५ क्याप जितेका छन् भने १२८ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *