September 20, 2024

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलका पेरिस सेन्ट जर्मेन(पिएसजी)को सामना गर्नु अगाडी बार्सिलोनाका पोर्चुगिज स्टार जोआओ क्यान्सेलोले फ्रेन्च स्टार किलिन एम्बाप्पेको खुलेर प्रशंसा फरेका छन्।

एक कुराकानीका क्रममा सिटीबाट लोनमा बार्सिलोना आइपुगेका जोआओ क्यान्सेलोले एम्बाप्पेको प्रशंसा गरेका हुन्। त्यसक्रममा उनले एम्बाप्प्व विश्वको शिर्ष सर्वाधिक उत्कृष्ट खेलाडीको रुपमा रहेको बताए।

एम्बाप्पे विश्वका शिर्ष ३ उत्कृष्ट खेलाडीमा पर्ने बताउन क्यान्सेलोले छुटाएनन्। क्यान्सेलोका अनुसार एमबाप्पे त्यस्ता एक खेलाडी हुन् जसलाई सधैं दिमागमा राख्नुपर्छ।

पोर्चुगिज खेलकुद पत्रिका ‘ए बोला’सँग कुराकानी गर्नेक्रममा उनले सिटीक एर्लिङ हालाण्ड, बर्नार्डो सिल्भा, केभिन डी ब्रुएना र रोड्रि पनि विश्वका सबै भन्दा उत्कृष्ट खेलाडीहरुमा पर्ने बताए।

“एमबाप्पे एक खेलाडी हुन् जसलाई सधैं दिमागमा राख्नुपर्छ। उनी हाल विश्वका शीर्ष ३ खेलाडीमध्ये एक हुन्। म बर्नार्डो सिल्भाको फ्यान हुँ। त्यहाँ हालाण्डम, डी ब्रुएना र रोड्रि पनि छन्।”,क्यान्सेलोले भने।

यो अचम्मको कुरा होइन कि जोआओ क्यान्सेलोले आफ्नो शीर्ष-५ सूचीमा आफ्ना चार पूर्व टोलीका साथीहरूलाई नाम दिए। उनले सिटीजेन्ससँग साढे तीन वर्ष बिताए।

यद्यपि, प्रशिक्षक पेप गार्डियोलासँगको उनको संघर्षपूर्ण सम्बन्धले उनलाई पहिले बायर्न म्युनिख पठाइएको थियो। उनी गत समर ट्रान्सफर विन्डोमा लोनमा बार्सिलोना आवद्ध भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *