September 20, 2024

एजेन्सी – विश्वकप विजेता एन्जल डि मारियाले कप्तान लियोनेल मेस्सीलाई कोपा अमेरिकामा गुमाउनु भन्दा मैत्रीपूर्ण खेलहरुमा गुमाउनु राम्रो हुने बताएका छन्।

एक कुराकानीका क्रममा एन्जल डि मारियाले मेस्सी कोपा अमेरिकाका क्रममा घाइते हुनु भन्दा अहिले घाइते हुनु आफूहरुका लागि राम्रो रहेको बताएका हुन्।

मेस्सी मेजर सकर लिग क्लबको एक खेलका क्रममा घाइते भएका थिए। त्यसयता उनी निरन्तर आराम गरिरहेका छन्। चोटका लागि उनले मियामी सँग-संगै अर्जेन्टिनाको खेल पनि गुमाए।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एल साल्भाडोरको सामना गर्दा मेस्सी अर्जेन्टिनाको टोलीमा थिएनन्। सो खेलमा अर्जेन्टिनाले एल साल्भाडोर माथि ३-० को सानदार जित निकालेको थियो।

मेस्सीको चोट र अनुपस्थिति बारे प्रश्न गरिँदा डि मारियाले आफूहरु मेस्सीलाई सधैं मिस गर्ने बताए। इतिहाँसकै उत्कृष्ट खेलाडीसँग प्रशिक्षण गर्नु र खेल्नु धेरै उत्कृष्ट कुरा रहेको उनको भनाई छ।

“लियो सधैं मिस हुन्छन्। इतिहाँसकै उत्कृष्टसँग प्रशिक्षण गर्नु र खेल्नु सबैभन्दा राम्रो कुरा हो। तर उनलाई चोट लाग्नु दुर्भाग्यपूर्ण कुरा हो। तर हामी शान्त हुनु पर्छ। यो अहिले भएको राम्रो हो र कोपा अमेरिकाका लागि उनी ठीक रहनेछन्।”,उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *