September 20, 2024

एजेन्सी – विश्वकप विजेता अर्जेन्टिनी स्टार एन्जल डि मारियाले महान फुटबलर डिएगो म्याराडोनालाई पछि पारेका छन्। अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक असिस्ट प्रदान गर्ने मामलामा मारियाले म्याराडोनालाई पछि पारेका हुन्।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले केहि दिन अगाडी एल साल्भाडोरको सामना गरेको थियो। सो खेलमा अर्जेन्टिना ३-० को गोल अन्तरले पराजित गरेको थियो।

सो खेलमा मारियाले एक असिस्ट दिएका थिए। खेलको १६ औं मिनेटमा अर्जेन्टिनाका लागि क्रिस्चियन रोमेरोले गोल गर्दा त्यसमा मारियाले महत्वपूर्ण भूमिका निभाएका थिए।

उनको पासमा क्रिस्चियन रोमेरोले गोल गर्न सफल भएका थिए। अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि डी मारियाको २७ औं असिस्ट थियो। सो असिस्ट संगै मारियाले म्याराडोनालाई पछि पारेका छन्।

महान फुटबलर म्याराडोनाले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि कुल २६ असिस्ट दिएका थिए। म्याराडोनालाई पछि पारेसंगै मारिया अब अर्जेन्टिनाको फुटबल टोलीका लागि सबै भन्दा बढी असिस्ट दिने दोस्रो खेलाडी बनेका छन्।

अर्जेन्टिनाको फुटबल टोलीबाट सबै भन्दा बढी असिस्ट लियोनेल मेस्सीले दिएका छन्। उनले अहिले सम्म ५४ असिस्ट दिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *