September 19, 2024

एजेन्सी – सन् २०२३-२४ को प्रिमियर लिग सिजन निक्कै रोमान्चक बनिरहेको छ। प्रिमियर लिगको उपाधिका लागि यस सिजन मुख्यतः आर्सनल, लिभरपुल र म्यानचेस्टर सिटी बीच प्रतिष्पर्धा हुने देखिन्छ।

सिजन अन्त्य तर्फ अगाडी बढ्दा प्रिमियर लिग प्लेयर अफ द सिजनका लागि विभिन्न खेलाडीहरु देखिएका छन्। यस मामलामा सिटीका रोड्रि देखिएका छन्। सिजनको सुरुवात देखि राम्रो लयमा देखिएका उनी निरन्तर राम्रो प्रदर्शन गरिरहेका छन्।

विश्वको उत्कृष्ट डिफेन्सिभ मिडफिल्डर मध्ये एकको रुपमा रहेका उनले यस सिजन प्रिमियर लिगमा ६ गोल गरेका छन् भने ५ असिस्ट दिएका छन्। त्यस्तै प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्डको दौडमा सिटीका फिल फोडेन दोस्रो स्थानमा छन्।

उनले यस सिजन २८ खेलमा ११ गोल गरेका छन् भने ७ असिस्ट प्रदान गरेका छन्। त्यस्तै ६ गोल गर्दै ५ असिस्ट प्रदान गरेका आर्सनलका डेक्लान राइस तेस्रो स्थानमा छन्।

एस्टन भिल्लाका युवा खेलाडी ओली वाटकिन्स यस दौडको चौथो स्थानमा छन्। उनले यस सिजन १६ गोल गरेका छन् भने १० असिस्ट दिएका छन्। सिटीका युवा स्टार एर्लिङ हालाण्ड यस दौडको पाँचौ स्थानमा छन्।

हालाण्डले यस सिजन प्रिमियर लिगमा १८ गोल गरेका छन् भने ५ असिस्ट दिएका छन्। लिभरपुलका स्टार मोहम्मद सलाह यस दौडको छैठौं स्थानमा छन्।

उनले यस सिजन लिभरपुलका लागि १५ गोल गरेका छन्। साथै उनले यस सिजन ९ असिस्ट पनि प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *