September 19, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका लेजेण्ड सर्जियो अगुएरोले म्यानचेस्टर सिटी र आर्सनल बीचको खेलमा सिटी विजयी हुने दावी गरेका छन्।

प्रिमियर लिगको महत्वपूर्ण खेलमा सिटी र आर्सनल आमने-सामने हुनु अगाडी एक कुराकानीका क्रममा अगुएरोले आर्सनल विजयी हुने दावी गरेका हुन्।

अगुएरोका अनुसार सिटी र आर्सनल बीचको खेल प्रिमियर लिग उपाधि होडमा निर्णायक खेल भने हुने छैन। उनले प्रिमियर लिग उपाधि होडमा अन्य खेलहरुले पनि फरक पार्ने बताए।

“म सिटीको जितमा विश्वस्त छु तर यो निर्णायक खेल हुनेछैन। अन्य खेलहरूले पनि तराजू झुकाउनेछन्।”,स्टेकसँगको कुराकानीका क्रममा सिटी र आर्सनल बीचको खेल बारे कुराकानी गर्दै अगुएरोले भने।

आर्सनल र सिटी बीचको खेललाई अगुएरोले शीर्ष भिडन्तहरू मध्ये एकको रूपमा श्रेणीबद्ध गरे। प्रिमियर लिग उपाधिका लागे दुई नभई तीन दाबेदारहरु रहेको अगुएरोको भनाई छ।

उनले भने,”म यसलाई सिजनको शीर्ष भिडन्तहरू मध्ये एकको रूपमा श्रेणीबद्ध गर्दैछु, निस्सन्देह। यस वर्ष हामीसँग उपाधिका लागि दुई होइन तर तीन दावेदारहरू छन् र तिनीहरूसँग सबै चुनौतीपूर्ण खेलहरू छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *