September 19, 2024

एजेन्सी – बार्सिलोनाले कथित रूपमा म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई २०२५ को समर ट्रान्सफर विन्डोको लागि ‘ड्रीम साइनिङ’को रूपमा पहिचान गरेको छ।

स्पेनिस खेल पत्रिका मुन्डो डिपोर्टिभोका अनुसार सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई २०२५ को समर ट्रान्सफर विन्डोको लागि ‘ड्रीम साइनिङ’को रूपमा पहिचान गरेको हो।

बार्सिलोनाले हालाण्डलाई सन् २०२५ मा भित्र्याउने योजना बनाएको बताइएको छ। बार्सिलोना हाल आर्थिक समस्यासँग संघर्ष गरिरहेको छ तर क्लबको आशा छ कि क्याम्प नोउको नवीकरणले क्लबको समस्या समाधान गर्न मद्दत गर्नेछ।

जाभीको नेतृत्वमा रहेको क्लब ला लिगा स्ट्यान्डिङमा दोस्रो स्थानमा छ। बार्सिलोना कट्टर प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा आठ अंकले पछाडी छ। बार्सिलोना युइएफए च्याम्पियन्स लिगको अन्तिम आठमा पनि छ, जहाँ बार्साले पेरिस-सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ।

उता हालाण्डले पहिलो सिजनमै सिटीबाट ट्रेबल जितिसकेका छन् भने सिटी यस सिजन पनि ट्रेबल जित्ने अभियानमा छ। सिटी अहिले एफए कप, च्याम्पियन्स लिग र प्रिमियर लिग तीनै उपाधि जित्ने दौडमा छ।

हालाण्डले २०२२/२३ सिजनमा ५३ खेलमा ५२ गोल गरेका थिए र यस सिजन पनि उनले निरन्तर गोल गर्न जारी राखेका छन्। यस सिजन वर्ष २३ वर्षिय खेलाडीले सबै प्रतियोगिताका ३४ खेलमा २९ गोल गरेका छन् ।

सिटीजेन्स अहिले प्रिमियर लिगमा तेस्रो स्थानमा छ, आर्सनलभन्दा एक अंक मात्र पछाडि। सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल म्याड्रिडसँग भिड्ने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *