September 20, 2024

एजेन्सी – पोर्चुगलको अपराजित यात्रामा ब्रेक लागेको छ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार राति स्लोभेनिया विरुद्धको खेलमा पराजित भएसंगै पोर्चुगलको अपराजित यात्रामा ब्रेक लागेको हो।

स्लोभेनियामा भएको खेलमा बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा पोर्चुगल २-० को गोल अन्तरले पराजित भयो। स्लोभेनियाको जितमा एडम ग्नेज्डा सरिन र टिमी मैक्स एल्सनिकले एक-एक गोल गरे।

पछिल्लो मैत्रीपूर्ण खेलमा पोर्चुगलको राष्ट्रिय टोलीमा नरहेका क्रिस्टियानो रोनाल्डो मंगलबार भने टोलीमा फर्किएका थिए। तर उनी फर्किएपनि पोर्चुगलको हार टार्न भने सकेनन्।

यस भन्दा अगाडी पोर्चुगल अपराजित यात्रामा थियो। विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगल कुनै पनि खेलमा पराजित भएको थिएन।

पोर्चुगलले विश्वकप पछि युरो कप छनोटका १० मध्ये १० खेलमा जित निकालेको थियो। त्यस्तै पछिल्लो खेलमा पोर्चुगलले स्वीडेनलाई २-० को गोल अन्तरले पराजित गरेको थियो।

सो जित पोर्चुगलको लगातार ११ औं जित थियो। तर जितको सो यात्रामा अब भने ब्रेक लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *