September 20, 2024

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड र बेल्जियमले बराबरी खेलेका छन्। जारी अन्तर्राष्ट्रिय ब्रेकको दोस्रो अन्तर्राष्ट्रिय खेलमा इंग्ल्याण्डले बेल्जियमसँग बराबरी खेलेको हो।

खेल पराजित हुन लागिसकेको अवस्थामा स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले सानदार गोल गर्दा इंग्ल्याण्डले बेल्जियमसँग २-२ को बराबरी खेल्यो।

घरेलु मैदानमा भएको खेलमा इंग्ल्याण्ड खेलको ११ औं मिनेटमै पछि परेको थियो। त्यसबेला बेल्जियमका युरी टिलेमान्सले एमाडोउ ओनानाको पासमा गोल गरेका थिए।

१७औं मिनेटमा इभान टोनीले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ अवस्थामा पुर्याए। त्यसपछि खेलको ३६ औं मिनेटमा पुनः पाहुना टोलीले अग्रता लियो। त्यसबेला ३६औं मिनेटमा टिलेमान्सले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेका थिए।

त्यसपछि निर्धारित ९० मिनेट सम्म दुवै टोलीबाट थप गोल भएनन्। तर इन्ज्युरी समयको पाँचौ मिनेटमा इंग्ल्याण्डले बराबरी गोल फर्कायो। जेम्स म्याडिसनको पासमा बेलिङहमले गोल गरे।

सो गोलसंगै इंग्ल्याण्डको हार टर्यो। यस अगाडी इंग्ल्याण्ड मैत्रीपूर्ण खेलमा ब्राजिलसँग पराजित हुन पुगेको थियो। त्यसै बेल्जियमले आयरल्याण्डसँग बराबरी खेलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *