एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडलाई झड्का लागेको छ। अन्तर्राष्ट्रिय ब्रेकका क्रममा टोलीमा महत्वपूर्ण खेलाडी घाइते भएसंगै रियललाई नराम्रो झड्का लागेको हो।
रियलका महत्वपूर्ण खेलाडीको रुपमा रहेका इडुआर्डो कामाभिङ्गा फ्रान्स ड्यूटीका क्रममा घाइते हुन पुगेका छन्। इडुआर्डो कामाभिङ्गा चिली विरुद्धको मैत्रीपूर्ण खेलका क्रममा घाइते भएका हुन्।
चिली विरुद्धको खेलमा चोट लागेपछि खेलकै बीचमा उनले मैदान छाड्न परेको थियो। खेल पहिलो हाफ सकिनु अगाडी मैदान छाडेर थिए। उनको खुट्टामा चोट लागेको बताइएको छ।
विभिन्न खेल मिडियाहरुका अनुसार आगामी दिनमा उनको फिटनेसको अपडेट आउनेछ र उनी तुरुन्तै म्याड्रिड फर्कने छन्। म्याड्रिडमा उनको चोटको थप जाँच हुनेछ।
सामान्य चोट भएको अवस्थामा उनले कम्तीमा दुई साता सम्म आराम गर्नु पर्ने हुन सक्छ। रियलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्दैछ।
क्वाटरफाइनलको पहिलो लेगका दुई साताको समय छ। सिटीको सामना गर्ने दिन नजिकिरहेको छ र उनी त्यस खेल सम्म ठीक हुन्छन् कि हुँदैनन् भन्ने कुरा अन्योलमा छ।