December 23, 2024

एजेन्सी – दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले बुधबार कोस्टा रिकाको सामना गर्यो। पहिलो हाफमा पछि परेर पनि अर्जेन्टिनाले कम्ब्याक गर्यो।

बुधबार बिहान अमेरिकामा भएको खेलमा खेलको ३४ औं मिनेटमा मानफ्रेड मारियाले गोल गर्दै कोस्टा रिकालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनाका एन्जल डी मारिया सानदार गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए।

खेलको ५२ औं मिनेटमा अर्जेन्टिनाले फ्रिकिकको अवसर पाएको थियो। लियोनेल मेस्सीको अनुपस्थितिमा एन्जल डी मारियाले फ्रिकिक प्रहार गर्ने जिम्मेवारी लिए।

सो जिम्मेवारीलाई उनले सानदार तरिकाबाट पूरा गरे। उनले प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भयो। जससंगै अर्जेन्टिनाले खेलमा बराबरी गर्यो।

सो गोलको केहि मिनेटमै अर्जेन्टिनाले अर्को गोल थप्यो। अर्जेन्टिनाका लागि एलिस्टर हेदर मार्फत खेलको ५६ औं मिनेटमा गोल गरेका थिए। खेलको ७७ औं मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका मार्टिनेजले गोल गर्दा अर्जेन्टिना ३-१ को गोल अन्तरले विजयी भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *