एजेन्सी – अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले लियोनेल मेस्सी र एन्जल डी मारिया बाहेक अन्य कुनै खेलाडीको नाम कोपा अमेरिका टोलीका लागि फाइनल नभएको बताएका छन्।
एक कुराकानीका क्रममा स्कालोनीले लियोनेल मेस्सी र एन्जल डी मारियाको नाम कोपा अमेरिका स्क्वाडमा फाइनल भएपनि अन्य कुनै खेलाडीको नाम फाइनल नभएको बताएका हुन्।
लियोनेल मेस्सी र एन्जल डी मारिया बाहेक अन्य खेलाडीको टुंगो आगामी समयमा लाग्दै जाने स्कालोनीको भनाई छ। उनले भने,”कोपा अमेरिका टोलीमा को-को हुन्छन् भनेर मा ग्यारेन्टी गर्न सक्दिन। मेस्सी पक्कै टोलीमा हुनेछन् र डि मारिया पनि टोलीमा हुने ग्यारेन्टी छ।”
अर्जेन्टिना यसै वर्ष हुने कोपा अमेरिकामा उपाधिको रक्षा गर्ने पक्षमा हुनेछ। कोपा अमेरिकामा मेसिस सहभागी हुनेछन्। त्यस्तै डि मारिया पनि प्रतियोगितामा सहभागी हुन सक्नेछन्।
डि मारियाले छिट्टै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन सक्छन्। तर त्यो कोपा अमेरिका पछि मात्र हुन सक्छ।