September 19, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आगामी समर ट्रान्सफर विन्डोमा सरप्राइज कदम चाल्ने भएको छ। रियलले क्लबमा नयाँ गोलकिपर थप्नको लागे सरप्राइज कदम चाल्ने भएको हो।

विभिन्न स्पेनिस खेल मिडियाहरुका अनुसार रियलले अगामी समर ट्रान्सफर विन्डोमा म्याड्रिडले म्यानचेस्टर युनाइटेडका पूर्व गोलकिपर डेभिड दे हेयालाई क्लबमा भित्र्याउने योजना बनाइरहेको छ।

क्लबका बेल्जियन गोलकिपर थिबाउट कोर्टुवा घाइते पुनः घाइते भएपछि रियल समस्यामा परेको छ र उसले क्लबमा थप एक गोल किपर भित्र्याउन चाहेको छ।

यस्तोमा युनाइटेड छाडेयता डेभिड दे हेया खालि छन्। युनाइटेड छाडेको एक वर्ष पुग्न लाग्दा पनि उनी कुनै टोलीसँग आवद्ध भएका छैनन्। उनी फ्री ट्रान्सफरमा उपलब्ध हुने हुँदा उनलाई रियलले मौका दिन सक्ने स्पेनिस मिडियाहरु बताउँछन्।

गत समर ट्रान्सफर विन्डोमा पनि डेभिड दे हेयाको नाम रियलसँग जोडिएको थियो। तर त्यसबेला रियलले चेल्सीका केपा एरिजाबालागालाई लोनमा भित्र्याएको थियो।

लोन सम्झौता सकिएपछि केपा एरिजाबालागा चेल्सी फर्किनेछन्। यस्तोमा रियलले डेभिड दे हेयाला भित्र्याउन सक्ने सम्भावना देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *