एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुललाई म्यानचेस्टर युनाइटेड विरुद्धको महत्वपूर्ण खेल अगाडी राहत मिल्ने देखिएको छ। पछिल्लो समय निरन्तर खेलाडी घाइते हुने अवस्थाबाट गुज्रिरहेको लिभरपुललाई राहत मिल्ने देखिएको हो।
विभिन्न खेल मिडियाहरुका अनुसार म्यानचेस्टर युनाइटेड विरुद्धको खेल अगाडी लिभरपुलका महत्वपूर्ण दुई खेलाडी चोटबाट फिर्ता हुने भएका छन्। चोटका कारण केहि समय देखि टोलीमा नरहेका दुई महत्वपूर्ण खेलाडी फिर्ता हुने भएका हुन्।
ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्ड र डियोगो जोटा युनाइटेड विरुद्धको खेलका लागि फिर्ता हुने सम्भावना बढेको बेलायती खेल मिडियाहरुले जनाएका छन्। खबरका अनुसार दुवै खेलाडी युनाइटेड विरुद्धको खेलका लागि उपलब्ध हुन सक्छन्।
योर्गेन क्लोपको लिभरपुलले प्रिमियर लिगमा आइतबार, अप्रिल ७ मा एरिक टेन ह्यागको म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ। रेड्सले भर्खरका हप्ताहरूमा बढ्दो चोटहरूको सूचीसँग संघर्ष गरिरहेको छ।
अलेक्ज्याण्डर-अर्नोल्ड घुँडाको चोटका कारण सन् २०२४ का अधिकांश समय मैदान बाहिर छन्। उनको अनुपस्थितिमा २० वर्षीय कोनोर ब्राडलीले राम्रो प्रदर्शन गरिरहेका छन्।
त्यस्तै पोर्चुगलका फरवार्ड डिओगो जोटा फेब्रुअरीको मध्यदेखि घुँडाको चोटका कारण मैदान बाहिर छन्। तर अब उनी मैदान फिर्ता हुने तयारीमा छन्।
लिभरपुल केहि समय अगडी एफए कपमा युनाइटेडसँग पराजित भएको थियो। सो हारको बदला लिने योजनामा रहेको लिभरपुललाई महत्वपूर्ण खेलाडीहरु फिर्ता हुँदा पक्कै लाभ मिल्नेछ।