December 23, 2024

एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा आर्सनलको सामना गर्नु अगाडी म्यानचेस्टर सिटी तनावमा देखिएको छ। क्लबका महत्वपूर्ण खेलाडी घाइते हुँदा सिटी तनावमा परेको हो।

म्यानचेस्टर सिटीका डिफेन्सिभ त्रिकुट काइल वाकर, जोन स्टोन्स र म्यानुएल अकान्जी आइतवार (मे ३१) मा आर्सनलसँगको महत्वपूर्ण भिडन्त गुमाउने जोखिममा छन्।

क्लबक महत्वपूर्ण डिफेन्डर वाकरले आर्सनल विरुद्धको खेल गुमाउन सक्ने उच्च सम्भावना रहेको डेली मेलले जनाएको छ। यस हप्ता इंग्ल्याण्डसँग अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा सिटीका कप्तानको ह्यामस्ट्रिङमा चोट लागेको थियो।

उनी आर्सनल विरुद्धको खेलका लागि उपलब्ध हुने नहुने अझै अन्योल छ। द सनका अनुसार अकान्जी अन्तर्राष्ट्रिय ड्युटीबाट चाँडै फर्किएपछि म्यानचेस्टर सिटीका लागि फिट हुने सम्भावना शंकास्पद छ।

त्यस्तै स्टोन्स पनि इंग्ल्याण्ड ड्यूटीमा अहुंडा घाइते भएको बताइएको छ। बेल्जियम विरुद्धको खेलका क्रममा उनी घाइते भएका थिए। उनले आर्सनल विरुद्धको खेल गुमाउने लगभग पक्का भएको बताइएको छ।

आर्सनल विरुद्धको खेल गुमाएपनि उनी लामो समय मैदान बाहिर भने नहुने सिटीले आशा गरेको छ। पेप गार्डियोलाले मिकेल अर्टेटाको टेबल-टपिङ गनर्सको सामना गर्दा रक्षात्मक पक्षमा चुनौतीको सामना गर्नु पर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *