September 19, 2024

एजेन्सी – फुटबल विश्लेषक क्रिस सटनले प्रिमियर लिगको उपाधिका लागि यस सिजन मुख्यतः आर्सनल र लिभरपुल बीच कडा टक्कर हुने बताएका छन्।

एक कुराकानीका क्रममा आर्सनल र लिभरपुल प्रिमियर लिगको उपाधिका लागि एक-अर्कासँग प्रतिष्पर्धा गर्ने क्रिस सटनले बताएका हुन्। म्यानचेस्टर सिटी पनि प्रिमियर लिग उपाधि दौडमा रहेपनि यसमा आर्सनल र लिभरपुल बीच मुख्य प्रतिष्पर्धा हुने उनको भनाई छ।

क्रिस सटनले सिटी गत सिजनको जस्तो लयमा नरहेको दावी गर्न छुटाएनन्। उता आर्सनलले भने गत सिजनको तुलनामा धेरै राम्रो प्रदर्शन गरिरहेको सटनले बताए।

उच्च लयमा रहेको आर्सनलले सिटीको घरेलु मैदानमा जित निकाल्ने हो भने आर्सनलले प्रिमियर लिगको उपाधि जित्न सक्ने सम्भावना बढ्ने क्रिस सटनको भनाई छ।

सटनले भने,”म्यानचेस्टर सिटीमा आर्सनलको रेकर्ड राम्रो छैन। तर आर्सनल लिगको शिर्ष स्थानमा छ, सबै भन्दा बढी गोल गरेको छ, सबै भन्दा कम गोल बेहोरेको छ। यदि तपाईंले गत सिजनको प्रदर्शनलाई हेर्नुभयो भने, सबै तथ्याङ्कहरूले उनीहरूले प्रगति गरेको भनिरहेका छन्।”

उनले थप भने,”यदि गत सिजनको म्यानचेस्टर सिटीको तथ्याङ्क हेर्ने हो भने, सिटी यस सिजन त्यो स्तरमा छैन। आर्सनलले त्यहाँ गएर जित्यो भने, प्रिमियर लिग जित्ने पाउनेछ। मलाई लाग्छ प्रिमियर लिग उपाधिका लागि आर्सनल र लिभरपुल बीच प्रतिष्पर्धा हुनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *