September 19, 2024

एजेन्सी – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले राम्रो खेल्न गर्न छाडेपछि फुटबलबाट सन्यास लिने बताएका छन्। एक अन्तर्वार्ताका क्रममा राम्रो प्रदर्शन गर्न नसक्ने अवस्था आएपछि आफूले फुटबल छाड्ने बताएका हुन्।

मेस्सीले सन्यास बारे अहिले आफूले केहि नसोचेपनि सहि समय आएपछि सन्यास लिने बताए। अहिले आफू सन्यास बारे केहि नसोची दिनहुँ फुटबल खेल्दै हरेक पलको मजा लिरहेको मेस्सीको भनाई छ।

“सत्य यो हो कि मैले यसबारे अहिलेसम्म सोचेको छैन। आज दिनदिनै रमाइलो गर्ने कोसिस गर्छु, हरेक पलको मजा लिन्छु त्यो भन्दा बढी सोच्दिन।”,मेस्सीले भने।

मेस्सीले सो कुराकानीका क्रममा मेस्सीले आफू धेरै आत्म-आलोचनात्मक रहेको बताउन पनि छुटाएनन्। राम्रो फुटबल खेल्न नसकेको र आफ्नो टोलीलाई सहयोग गर्न नसकेको अवस्थामा फुटबलबाट सन्यास लिने मेस्सीले बताए।

उनले भने,”म धेरै आत्म-आलोचनात्मक छु। मलाई थाहा छ म कहिले राम्रो हुन्छु, कहिले खराब हुन्छु, कहिले राम्रो खेल्छु र कहिले खराब खेल्छु। जब म प्रदर्शन गर्न सक्षम हुन्न, मेरो टोलीका साथीहरूलाई मद्दत गर्न सक्दिन, तब म फुटबल छाड्नेछु।”

एक खेलाडीको रूपमा मेस्सी सबै भन्दा बढी उपाधि जित्ने खेलाडी हुन्। गत वर्ष कतारमा सम्पन्न विश्वकपमा मेस्सीले अर्जेन्टिनासँग विश्वकप जितेका थिए। जससंगै मेस्सीको ट्रफी क्याबिनेट पूरा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *