September 19, 2024

एजेन्सी – आगामी महिनाको अन्त्यमा मेजर सकर लिग क्लब इन्टर मियामीले न्यु इङ्ल्यान्ड रेभोल्युसनसँग खेल्दैछ। खेलका लागि एक महिना बाँकी छँदै रेकर्ड टिकेट बिक्री भएका छन्।

विभिन्न खेल मिडियाहरुका अनुसार मियामी र न्यु इङ्ल्यान्ड रेभोल्युसन बीचको खेल हेर्नका लागि ६१ हजार भन्दा बढीले टिकेट खरिद गरिसकेका छन्।

एक महिनाअघि नै उक्त खेलको ६१ हजार भन्दा बढी टिकेट बिक्री भइसकेको र त्यसले रेकर्ड कायम गरेको विभिन्न खेल मिडियाहरुको दावी छ। इन्टर मियामी र न्यु इङ्ल्यान्डबिचको खेलका लागि अब पाँच हजारभन्दा पनि कम टिकेट बाँकी छन्।

मेस्सी केहि समय देखि घाइते छन्। मेस्सी मियामीका लागि खेल्दा केहि समय अगाडी घाइते भएका थिए। तर मेस्सी अप्रिलको अन्तिम सातामा हुने खलमा लागि उपलब्ध हुने सम्भावना देखिएपछि टिकेटको बिक्री ह्वात्तै बढेको हो।

न्यु इङ्ल्यान्ड रेभोल्युसनको घरेलु मैदानको रेकर्ड उपस्थिति ६१ हजार ३ सय १६ रहेको छ। सन् २००२ मा मेजर लिग सकर कपअन्तर्गत खेलिएको न्यु इङ्ल्यान्ड र लस एन्जल्स ग्यालेक्सीबिचि खेलले उक्त कीर्तिमान बनाएको थियो।

अब केहि टिकेट बिक्री भएसंगै सो रेकर्ड तोडिने छ। पाँच हजार भन्दा कम टिकेट बाँकी रहेको अवस्थामा थप टिकेट पनि बिक्री हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *