September 19, 2024

एजेन्सी – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी ‘साम्बा’ आवद्ध क्लब एन अभान्ट ग्वेंगाम्प शनिबार एक्सनमा उत्रँदैछ।

जारी सिजनको १९ औं खेलका लागि साम्बा’ आवद्ध क्लब एन अभान्ट ग्वेंगाम्प शनिबार एक्सनमा उत्रन लागेको हो। शनिबार ग्वेंगाम्पले लिगमा आफू भन्दा माथि रहेको सेन्ट एटिनको सामना गर्नेछ।

एन अभान्ट ग्वेंगाम्प र सेन्ट एटिन बीचको खेल ग्वेंगाम्पको घरेलु मैदान स्टेड सेन्टर फर्मेसन इएजी वानमा हुनेछ। खेल नेपाली समय अनुसार शनिबार साँझ ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

ग्वेंगाम्प अहिले १० औं स्थानमा छ भने सेन्ट एटिन लिगको सातौं स्थानमा छ। सेन्ट एटिनले ग्वेंगाम्प भन्दा एक खेल कम खेलेको छ। ग्वेंगाम्प भन्दा सेन्ट एटिन ७ अंकले अगाडी रहेको छ।

सेन्ट एटिनले सिजनका १७ खेल खेल्दा ७ खेलमा जित निकालेर २२ अंक जोडेको छ। त्यस्तै उसले ९ खेलमा हार बेहोर्दा एक खेल बराबरी खेलेको छ।

त्यस्तै एन अभान्ट ग्वेंगाम्पले अहिले सम्म कुल १८ खेल खेलिसकेको छ। जसमध्ये ४ खेलमा जित निकाल्दा ११ खेलमा पराजय भोगेको छ। एन अभान्ट ग्वेंगाम्पले ३ खेल बराबरी खेलेको छ।

एन अभान्ट ग्वेंगाम्पको १५ अंक छ। शनिबार एन अभान्ट ग्वेंगाम्प पक्कै पनि घरेलु मैदानमा जित निकाल्दै लिग तालिकाको माथि उक्लिने योजनामा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *