September 19, 2024

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले सानदार जित निकालेको छ। साउदी प्रो लिगको जारी सिजनको २५ औं खेलमा अल नासरले सानदार जित दर्ता गरेको हो।

अल नासरले शनिबार राति अल ताई विरुद्धको खेलमा गोलवर्ष गर्दै ५-१ को जित निकाल्यो। अल नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने ओटाभिडो र अब्दुलरहमान घारिबले एक-एक गोल गरे।

अल ताईका लागि भने एक मात्र गोल भर्जिल मिसिडजानले गरेका थिए। अल ताईका लागि एक मात्र गोल गरेका उनी रेड कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए।

खेलको २० औं मिनेटमा ओटाभिडोले गोल गर्दै अल नासरले अग्रता दिलाएका थिए। २२ औं मिनेटमा मिसिडजानले गोल गर्दै खेललाई बराबरीमा पुर्याए।

तर खेलको ३६ औं मिनेटमा अल ताई १० खेलाडीमा सिमित भयो। खेलको अहिलो हाफको थप भएको सातौं मिनेटमा अल नासरले पुनः अग्रता लियो। सो गोल घारिबले गरेका थिए।

दोस्रो हाफमा रोनाल्डोले लगातार गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले खेलको ६४, ६७ र ८४ औं मिनेटमा गोल गरेका थिए। यस जितसंगै लिगमा अल नासरको ५९ अंक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *