September 19, 2024

एजेन्सि – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल गर्ने लयलाई जारी नै राखेका छन्। शनिबार राति पनि रोनाल्डो उच्च लयमा थिए र उनले ह्याट्रिक पूरा गरे।

अल नासरले शनिबार राति अल ताई विरुद्धको खेलमा गोलवर्ष गर्दै ५-१ को जित निकाल्यो। अल नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने ओटाभिडो र अब्दुलरहमान घारिबले एक-एक गोल गरे।

पहिलो हाफमा गोल गर्न नसकेपनि रोनाल्डोले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए। उनले खेलको ६४, ६७ र ८४ औं मिनेटमा गोल गरे। साउदी क्लब अल नासरका लागि उनले गरेको यो चौंथो ह्याट्रिक हो।

शनिबारको ह्याट्रिकसंगै साउदी प्रो लिगको जारी सिजनमा रोनाल्डोको गोलसंख्या २६ पुगेको छ। रोनाल्डोले यस सिजन २३ खेल खेल्दा २६ गोल गरेका हुन्।

अहिले सम्म रोनाल्डोले यस सिजन ९ असिस्ट पनि दिसकेका छन्। निरन्तर गोल गरिरहेका रोनाल्डोलाई यस सिजन महत्वपूर्ण अवसर पनि मिल्ने भएको छ।

रोनाल्डो एक धेरै दुर्लभ रेकर्डको नजिक पुगेका छन्। रोनाल्डो साउदी प्रो लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड नजिक पुगेका हुन्।

रोनाल्डो सो रेकर्डबाट अब मात्र ९ गोलले टाढा छन्। अल नासरले साउदी प्रो लिगको जारी सिजनमा अब ९ खेल खेल्न बाँकी छ। अब ९ खेलमा ९ गोल गरे रोनाल्डोले सो रेकड तोड्नेछन्।

८ गोल मात्र गरे सो रेकर्डमा रोनाल्डोले बराबरी गर्नेछन्। सो रेकर्ड अहिले अब्देरराजक हमदल्लाहको नाममा छ। उनले सन् २०१८-१९ को सिजनमा कुल ३४ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *